प्रस्तावित न्यायाधीश ढुङ्गानाद्वारा १७ पृष्ठ लामो अवधारणा र कार्ययोजना प्रस्तुत
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएका उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले आफ्नो अवरधारणा र कार्ययोजना प्रस्तुत गरेका छन् । आइतबार संसदीय सुनुवाइ समितिमा ढुङ्गानाले सो पत्र पेस गरेका हुन् ।
ढुङ्गानाले न्यायिक सुधारका सम्बन्धमा उपर्युक्तबमोजिम मैले प्रस्तुत गरेको अवधारणा र कार्ययोजना बमोजिम कार्यसम्पादन गर्ने वातावरण उपलब्ध गराई सम्माननीय प्रधान न्यायाधीश एवं बरिष्ठ न्यायाधीशहरुबाट महत्वपूर्ण मार्गदर्शन प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् । उनले सहकर्मी न्यायाधीशहरुलाई सामूहिकताको भावना बमोजिम समन्वयात्मक रुपमा अघि बढ्न तत्पर रहन अनुरोध समेत गरेका छन् ।
कार्ययोजना प्रस्तुत गर्दै उनले न्यायपालिको रणनीतिक योजनाप्रति पुरै स्वामित्वभाव स्थापित गरी कार्यान्वयनमा हरसम्भव टेवा दिने कार्यशैली अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संवैधानिक इजलासलाई क्रियाशील र प्रभावकारी बनाउन प्रधान न्यायाधीशलाई ठोस कार्ययोजनाका साथ सहयोग गर्ने इच्छा राखेको बताएका छन् ।
सर्वोच्च अदालतमा पुराना बक्यौता मुद्दाको न्यूनीकरण गर्ने विषय सर्वाधिक पेचिलो र महत्त्वपूर्ण रहेको जिकिर गर्दै उनले पुराना मुद्दाको शीघ्र फर्छ्यौटका लागि अदालतमा कार्यान्वयनमा रहेको योजना र रणनीति अनुरूप मुद्दा फर्छ्यौटको कार्यमा आफूलाई पूर्णरुपमा समाहित गर्ने बताएका छन् ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण