बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ

प्रस्तावित न्यायाधीश ढुङ्गानाद्वारा १७ पृष्ठ लामो अवधारणा र कार्ययोजना प्रस्तुत

आइतबार, ०१ पुस २०८०, १४ : ४७
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएका उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले आफ्नो अवरधारणा र कार्ययोजना प्रस्तुत गरेका छन् । आइतबार संसदीय सुनुवाइ समितिमा ढुङ्गानाले सो पत्र पेस गरेका हुन् ।

ढुङ्गानाले न्यायिक सुधारका सम्बन्धमा उपर्युक्तबमोजिम मैले प्रस्तुत गरेको अवधारणा र कार्ययोजना बमोजिम कार्यसम्पादन गर्ने वातावरण उपलब्ध गराई सम्माननीय प्रधान न्यायाधीश एवं बरिष्ठ न्यायाधीशहरुबाट महत्वपूर्ण मार्गदर्शन प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् । उनले सहकर्मी न्यायाधीशहरुलाई सामूहिकताको भावना बमोजिम समन्वयात्मक रुपमा अघि बढ्न तत्पर रहन अनुरोध समेत गरेका छन् । 

कार्ययोजना प्रस्तुत गर्दै उनले न्यायपालिको रणनीतिक योजनाप्रति पुरै स्वामित्वभाव स्थापित गरी कार्यान्वयनमा हरसम्भव टेवा दिने कार्यशैली अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संवैधानिक इजलासलाई क्रियाशील र प्रभावकारी बनाउन प्रधान न्यायाधीशलाई ठोस कार्ययोजनाका साथ सहयोग गर्ने इच्छा राखेको बताएका छन् ।

सर्वोच्च अदालतमा पुराना बक्यौता मुद्दाको न्यूनीकरण गर्ने विषय सर्वाधिक पेचिलो र महत्त्वपूर्ण रहेको जिकिर गर्दै उनले पुराना मुद्दाको शीघ्र फर्छ्यौटका लागि अदालतमा कार्यान्वयनमा रहेको योजना र रणनीति अनुरूप मुद्दा फर्छ्यौटको कार्यमा आफूलाई पूर्णरुपमा समाहित गर्ने बताएका छन् ।

tek-1tek-2tek-3tek-4tek-5tek-6tek-7tek-8tek-9tek-10tek-11tek-12tek-13tek-14tek-15tek-16tek-17

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप