राप्रपा नेपालले क्षेत्रीय भेला र प्रशिक्षण गर्ने
आइतबार, ०१ पुस २०८०, १७ : ५९
काठमाडौँ । राप्रपा नेपालले मुलुकका सात स्थानहरूमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
आज काठमाडौँमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन र प्रगति समीक्षा पनि गरेको छ । अध्यक्ष कमल थापाले बैठकमा बोल्दै अहिलेको व्यवस्था असफल साबित भैसकेको दाबी गर्दै यो त्रुटिपूर्ण मार्गचित्रबाट मुलुकले निकास पाउन नसक्ने तर्क गरे।
कार्यक्रम अनुसार पौष १२ गते काठमाडौँमा, १६ गते जनकपुरमा , पौष १८ गते बुटवलमा पौष २० गते सुर्खेतमा र २२ गते कञ्चनपुरमा भेला र प्रशिक्षण कार्यक्रम आयोजना गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार दुई स्थानको मिति पछि तय गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण