विकास निर्माणमा तीन तहका सरकारबिच समन्वय आवश्यक छ : मन्त्री ज्वाला
सोमबार, ०२ पुस २०८०, ११ : ०७
ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणमा तीन तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । सोमबार १०५ औं ललितपुर महानगरपालिका स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले संविधान कार्यान्वय र विकास निर्माणमा प्रदेश सरकार, स्थानीय सरकारबिच सहकार्य गर्न संघीय सरकार तयार भएको बताए ।
‘विकास निर्माण र संविधान कार्यान्वयका लागि तीन तहको सरकारबिच समन्वय आवश्यक छ । पूर्वाधार विकास, फोहोर व्यवस्थापन, यातायात, शिक्षा, स्वास्थ्य, रोजगारीमा देखिएका समस्या समाधान लागि हातेमालो गर्न संघीय सरकार तयार छ’, उनले भने । काठमाडौँ उपत्यकामा देखिएका खाल्टाखुल्टी छ पुर्न भौतिक पूर्वाधार मन्त्रालयले काम गरिरहेको उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण