आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विकास निर्माणमा तीन तहका सरकारबिच समन्वय आवश्यक छ : मन्त्री ज्वाला

सोमबार, ०२ पुस २०८०, ११ : ०७
सोमबार, ०२ पुस २०८०

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणमा तीन तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । सोमबार १०५ औं ललितपुर महानगरपालिका स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले संविधान कार्यान्वय र विकास निर्माणमा प्रदेश सरकार, स्थानीय सरकारबिच सहकार्य गर्न संघीय सरकार तयार भएको बताए ।

‘विकास निर्माण र संविधान कार्यान्वयका लागि तीन तहको सरकारबिच समन्वय आवश्यक छ । पूर्वाधार विकास, फोहोर व्यवस्थापन, यातायात, शिक्षा, स्वास्थ्य, रोजगारीमा देखिएका समस्या समाधान लागि हातेमालो गर्न संघीय सरकार तयार छ’, उनले भने । काठमाडौँ उपत्यकामा देखिएका खाल्टाखुल्टी छ पुर्न भौतिक पूर्वाधार मन्त्रालयले काम गरिरहेको उनले जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप