प्रस्तावित न्यायाधीश पोखरेल भन्छन्– दबाब, अभाव र प्रभावबाट न्यायालय मुक्त हुनुपर्छ

काठमाडाैँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलमाथिको संसदीय सुनुवाइ सुरु भएको छ । समितिको कार्यालय सिंहदरबारमा जारी सुनुवाइमा प्रस्तावित न्यायाधीश पोखरेलले आफ्नो कार्य योजना प्रस्तुत गरेका छन् ।
समितिको बैठकमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै उनले ३ दशकदेखि आफू न्याय क्षेत्रमा क्रियाशील रहेको बताएका छन् । त्यसक्रममा उनले न्यायालय दबाब, अभाव र प्रभावबाट मुक्त हुनुपर्ने बताए ।
‘छिटो छरितो न्यायका लागि लामो समय पर्खनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । त्यसका लागि विधायिकाले पनि सहयोग गर्नुपर्छ’, पोखरेलले कार्य योजनामा भनेका छन्, ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनु हो भन्ने मान्यतामा म विश्वास गर्छु र न्याय छिटो दिन पहल गर्छु ।’
उनले छिटो न्याय दिनका लागि ‘लिड लयर’को व्यवस्था गरी बहस छोटो बनाउन पहल गर्ने समेत बताएका छन् ।
विकास निर्माणमा हुने अन्तरिम आदेश र अल्पकालीन अन्तरिम आदेशमा न्यायिक सक्रियता र संयमता अपनाउन दृढ रहने पनि प्रस्तावित न्यायाधीश पोखरेलको भनाइ छ ।
‘न्यायका प्रत्याभूतिका लागि फैसला कार्यान्वयनको गति बढाउन आवश्यक छ’, पोखरेलले भनेका छन् । न्यायपरिषदबाट सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका चार न्यायाधीशको सुनुवाइ भैसकेको छ । पोखरेलसहित वालकृष्ण ढकालको सुनुवाइ सकिएपछि समितिले अनुमोदन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालत लगियो
-
आतंकवादविरुद्ध मधेशवादी दलले जनाए ऐक्यबद्धता
-
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
-
लेखकहरू विचार उत्पादनका केन्द्र हुन् : राष्ट्रपति पौडेल
-
एसियाली युथ बक्सिङमा नेपालका सात खेलाडी सहभागी हुने
-
पाकिस्तानले देला भारतीय हवाई आक्रमणको जवाफ ?