प्रस्तावित न्यायाधीश पोखरेल भन्छन्– दबाब, अभाव र प्रभावबाट न्यायालय मुक्त हुनुपर्छ
काठमाडाैँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलमाथिको संसदीय सुनुवाइ सुरु भएको छ । समितिको कार्यालय सिंहदरबारमा जारी सुनुवाइमा प्रस्तावित न्यायाधीश पोखरेलले आफ्नो कार्य योजना प्रस्तुत गरेका छन् ।
समितिको बैठकमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै उनले ३ दशकदेखि आफू न्याय क्षेत्रमा क्रियाशील रहेको बताएका छन् । त्यसक्रममा उनले न्यायालय दबाब, अभाव र प्रभावबाट मुक्त हुनुपर्ने बताए ।
‘छिटो छरितो न्यायका लागि लामो समय पर्खनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । त्यसका लागि विधायिकाले पनि सहयोग गर्नुपर्छ’, पोखरेलले कार्य योजनामा भनेका छन्, ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनु हो भन्ने मान्यतामा म विश्वास गर्छु र न्याय छिटो दिन पहल गर्छु ।’
उनले छिटो न्याय दिनका लागि ‘लिड लयर’को व्यवस्था गरी बहस छोटो बनाउन पहल गर्ने समेत बताएका छन् ।
विकास निर्माणमा हुने अन्तरिम आदेश र अल्पकालीन अन्तरिम आदेशमा न्यायिक सक्रियता र संयमता अपनाउन दृढ रहने पनि प्रस्तावित न्यायाधीश पोखरेलको भनाइ छ ।
‘न्यायका प्रत्याभूतिका लागि फैसला कार्यान्वयनको गति बढाउन आवश्यक छ’, पोखरेलले भनेका छन् । न्यायपरिषदबाट सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका चार न्यायाधीशको सुनुवाइ भैसकेको छ । पोखरेलसहित वालकृष्ण ढकालको सुनुवाइ सकिएपछि समितिले अनुमोदन गर्नेछ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण