बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको प्रतिद्वन्द्वी एफसी कोपनहेगन

सोमबार, ०२ पुस २०८०, १७ : ३३
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको खेल तालिका सार्वजनिक गरिएको छ । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल चरणमा म्यानचेस्टर सिटीले डेनिस क्लब एफसी कोपनहेगनलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ ।

यसैगरी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा प्रतिद्वन्द्वीका रुपमा जर्मन क्लब आरबी लिपजिगलाई पाएको छ । अर्को स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले भने नकआउट चरणको पहिलो खेल इटालियन क्लब नापोलीसँग खेल्नेछ ।

यसैगरी इङ्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब एफसी पोर्टो र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले स्पेनिस क्लब रियल सोसिडाडको सामना गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप