शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग

मुम्बईले झट्का दिएपछि रोहित शर्माले लेलान् अप्रत्याशित निर्णय ?

मङ्गलबार, ०३ पुस २०८०, ११ : २१
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन (खेलाडी खरिद प्रक्रिया) मंगलबार दुबईमा हुँदैछ । ‘अक्सन’ कार्यक्रम नेपाल समयअनुसार, १ः१५ बजे सुरु हुने बताइएको छ ।

अक्सनको समय नजिकिँदै गर्दा भारतीय क्रिकेट टोलीका कप्तान सबैभन्दा बढी चर्चामा छन् । आईपीएको इतिहासमा सबैभन्दा सफल टोलीका रूपमा दरिएको मुम्बई इन्डियन्सका कारण रोहित पनि चर्चामा आएका हुन् ।

केही समयअघि मुम्बई इन्डियन्सको व्यवस्थापनले आगामी सिजनको आईपीएलमा आफ्नो टोलीको कप्तानी रोहित शर्माको सट्टा हार्दिक पाण्डेयाले गर्ने घोषणा गरेको थियो । उक्त घोषणा लगत्तै मुम्बई इन्डियन्सका समर्थकले चर्को विरोध जनाउँदै आएका छन् ।

33ec57c0-9dc1-11ee-8687-0d41ea93a6f3

थुप्रै समर्थकले रोहित शर्मालाई कप्तानबाट हटाइए आगामी सिजनको आईपीएलमा आफूहरूले मुम्बई इन्डियन्सको समर्थन नगर्ने चेतावनी पनि सामाजिक सञ्जालमार्फत दिँदै आएका छन् । केही समर्थकले त आफूहरूले मुम्बई इन्डियन्सको साथ छाडिसकेको घोषणा समेत गरेका छन् ।

मुम्बई इन्डियन्सले उक्त घोषणापछि इन्स्टाग्राम, एक्सलगायतका सामाजिक सञ्जालमा लाखौँको सङ्ख्यामा समर्थक पनि गुमाइसकेको छ । केही समर्थकले त मुम्बई इन्डियन्सको क्याप र जर्सी जलाएको तस्बिर समेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

समर्थक मात्र होइन, पूर्वक्रिकेटरहरुले समेत मुम्बई इन्डियन्सको उक्त निर्णयप्रति आश्चर्य व्यक्त गर्दै आएका छन् । भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी इरफान पठानले पनि मुम्बई इन्डियन्सको उक्त निर्णयबाट आफू आश्चर्यमा परेको बताएका छन् ।

1d121f80-9dc1-11ee-8687-0d41ea93a6f3

‘अहिले मुम्बई इन्डियन्समा रोहित शर्माको स्थान त्यही हो जुन स्थान अहिले चेन्नइ सुपर किङ्समा महेन्द्रसिंह धोनीको छ,’ पठान भन्छन् । उनले मुम्बई इन्डियन्सलाई अहिलेको उचाइमा पुर्‍याउन पनि रोहित शर्माको निकै ठुलो योगदान रहेको बताएका छन् ।

‘रोहित शर्मा बिनाको मुम्बई इन्डियन्स कल्पनासम्म पनि गर्न सकिँदैन । मेरो विचारमा मुम्बई इन्डियन्सलाई अहिलेको उचाइमा पुर्‍याउन रोहितले थुप्रै रगत—पसिना बगाएका छन्,’ पठानले स्टार स्पोर्टससँगको अन्तरवार्ताका क्रममा भनेका छन् ।

मुम्बई इन्डियन्सका खेलाडी प्रभावशाली खेलाडी सूर्यकुमार यादवले पनि रोहित शर्माको स्थानमा हार्दिक पाण्डेयालाई कप्तान बनाउने निर्णयप्रति असहमति जनाएका छन् । सूर्यकुमार भारतको टी–२० टोलीका कप्तान पनि हुन् । उनले सामाजिक सञ्जालमार्फत पनि आफ्नो असहमति व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा गरेको पोस्ट निकै भाइरल पनि भएको छ ।

यता भारतीय टोलीका पूर्वकप्तान सुनिल गावस्करले भने मुम्बई इन्डियन्सको निर्णयको स्वागत गरेका छन् । उनले पछिल्लो समय रोहित शर्मा केही थकित देखिएकाले उनको विकल्प खोजिनु उपयुक्त निर्णय भएको टिप्पणी गरेका छन् ।

28d5c010-9dc1-11ee-8687-0d41ea93a6f3

‘यतिबेला अन्य विवादलाई गौण रूपमा हेरिनु पर्छ । सबैभन्दा ठुलो कुरा सबैले टोलीको फाइदा नै हेर्ने हो । मेरो विचारमा मुम्बई इन्डियन्सको यो फैसला सही छ । पछिल्लो समय रोहित शर्मा केही थकित पनि देखिएका छन् । उनको ब्याटिङ पनि खासै चलेको देखिँदैन । त्यसैले टोलीले अर्को विकल्पको बारेमा सोचेको हुनसक्छ,’ उनले भनेका छन् ।

रोहित शर्मालाई आईपीएलको इतिहासमा सबैभन्दा सफल कप्तानको रूपमा हेरिन्छ । उनले मुम्बई इन्डियन्सलाई पाँचपटक आईपीएलको उपाधि चुमाइसकेका छन् । उनले सन् २०११ देखि मुम्बई इन्डियन्सका लागि खेल्न सुरु गरेका थिए । आफ्नो पहिलो सहभागितामै उनले टोलीका लागि ३३.८१ को औसतले कुल तीन सय ७२ रन बनाएका थिए ।

हालसम्म उनले आईपीएलमा मुम्बई इन्डियन्सका लागि ३१ को औसतले कुल पाँच हजार दुई सय ३० रन बनाएका छन् । आईपीएलमा उनले एक शतक र ४० वटा अर्धशतक पनि प्रहार गरिसकेका छन् । आईपीएलमा उनको स्ट्राइक रेट १३० रहेको छ । 

 रोहित शर्मालाई सन् २०१३ मा मुम्बई इन्डियन्सले कप्तान बनाएको थियो । आफ्नो समयका चर्चित अस्ट्रेलियन खेलाडी रिकी पोन्टिङले बिचमै कप्तानी छाडेपछि मुम्बई इन्डियन्सले उक्त जिम्मेवारी रोहित शर्मालाई दिएको थियो ।

त्यसपछि रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले सन् २०१३, सन् २०१५, सन् २०१७, सन् २०१९ र सन् २०२० मा आईपीएलको उपाधि जितेको थियो । उनको कप्तानीमा मुम्बई इन्डियन्सले एक सय ५८ खेल खेलेको छ । त्यसमध्ये मुम्बई इन्डियन्स ८७ खेलमा विजयी र ६७ खेलमा पराजित भएको छ ।

किन लियो मुम्बईले अप्रत्याशित निर्णय ?

मुम्बई इन्डियन्सले दुई वर्षअघि हार्दिक पाण्डेयालाई आफ्नो क्लबबाट रिलिज गरेको थियो । त्यसपछि हार्दिक अर्को क्लब गुजरात पुगेका थिए । आफू आबद्ध भएको पहिलो वर्ष नै हार्दिकले गुजरातलाई उपाधि चुमाएका थिए । जबकि त्योभन्दा अघिल्लो वर्ष गुजरात उपविजेतामा समेटिएको थियो ।

93f6dbc0-9dbe-11ee-91bf-230bfab3fcba

हार्दिकलाई रिलिज गरेपछि आईपीएलमा मुम्बईको प्रदर्शन पनि खस्किएको छ । त्यसयता मुम्बई इन्डियन्स प्रतियोगिताको फाइनलसम्म पनि पुग्न सकेको छैन । मुम्बईले पछिल्लो समय सन् २०२० मा उपाधि जितेको थियो । पछिल्लो दुई वर्षयता रोहित शर्माले पनि टोलीका लागि उल्लेख्य सङ्ख्यामा रन बनाउन सकिरहेका छैनन् ।

सन् २०२२ को आईपीएलमा रोहितले १४ खेलमा केवल १९ को औसतले दुई सय ६८ रन बनाएका थिए । सन् २०२३ को आईपीएलमा पनि उनको प्रदर्शनमा खासै सुधार देखिएन् । सन् २०२३ मा उनले १६ खेलमा २०.७५ को औसतले कुल तीन सय ३२ रन मात्र बनाउन सके । पछिल्लो दुई सिजनमा उनले आईपीएलमा दुईवटा अर्धशतक मात्र प्रहार गरे ।

यसका अतिरिक्त सन् २०२२ को नोभेम्बरदेखि रोहितले भारतका लागि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छैनन् । भारतले उनको स्थानमा हार्दिक पाण्डेयालाई नै टी–२० टोलीको कप्तान बनाउने निर्णय पनि लियो । यही कारणले नै मुम्बईले अप्रत्याशित रूपमा रोहितलाई हटाएर हार्दिकलाई टोलीको कप्तान बनाउने निर्णय लिएको क्रिकेट विश्लेषकहरूको दाबी छ ।

केही विश्लेषकले भने अर्को तर्क पनि अघि सारेका छन् । उनीहरूका अनुसार, रोहित, विराट कोहली र जडेजाजस्ता केही प्रभावशाली खेलाडीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) आगामी केही समय टी–२० प्रतियोगिताबाट आराम दिएर केवल एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र केन्द्रित गराउन चाहन्छन् । यसका अर्थ टी–२० प्रतियोगितामा यी खेलाडीहरूको खेलजीवन सकियो भन्ने पनि होइन ।

450ad890-9e13-11ee-83ed-378c621ae1a7

अब के गर्लान् रोहितले ?

यतिबेला सबैको आँखा रोहित शर्माको आगामी निर्णयमाथि केन्द्रित छ । के रोहित आगामी आईपीएल हार्दिकको कप्तानीमा खेल्न तयार होलान् ? वा उनी अन्य कुनै टोलीमा सहभागी भएर कप्तानको भूमिका निर्वाह गर्लान् ? निर्णय रोहितकै हातमा छ ।

मुम्बई इन्डियन्सको घोषणालगत्तै चेन्नइ सुपर किङ्सले रोहितलाई हरियो झण्डा पनि देखाइसकेको छ । चेन्नइले रोहितलाई स्वागत गर्न आफूहरू तयार रहेको सङ्केत सामाजिक सञ्जालमार्फत दिएको हो । चेन्नइको उक्त पोस्टमा रोहितकी पत्नी रीतिकाले पनि लाइक गरेकी छन् ।

यसै परिप्रेक्ष्यमा केही क्रिकेट विश्लेषकले रोहितले मुम्बई छाड्न सक्ने अनुमान पनि गरेका छन् । यस्तै परिदृश्यबिच मंगलबार दुबईमा आईपीएलका लागि अक्सन हुँदैछ । अक्सन सकिएपछि बुधबार पुनः ‘ट्रान्सफर विन्डो’ खुल्दैछ । ‘ट्रान्सफर विन्डो’ खुल्नु भनेको आईपीएलमा सहभागी १० वटै टोलीका लागि आफूले रोजेको खेलाडी भित्राउने एउटा अर्को अवसर पुनः प्राप्त हुनेछ ।

यस्तो स्थितिमा यदि रोहित शर्मालाई अन्य कुनै टोलीले भित्र्याएमा आश्चर्य नमाने हुन्छ । यसअघि सन् २०२२ को अक्सनमा मुम्बईले रोहितलाई आफ्नै क्लबमा राख्नका लागि १६ करोड भारतीय रुपैयाँ खर्चिएको थियो । त्यसैले यसपटक यदि कुनै टोलीले रोहितलाई भित्राउन चाहेमा त्यो क्लबसँग कम्तीमा १६ करोड भारतीय रुपैयाँ हुनु आवश्यक छ ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप