बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्यायपालिकामा भ्रष्टाचारका छोइछिटो भएपनि सुधार गर्न सकिन्छ : न्यायाधीश खतिवडा

मङ्गलबार, ०३ पुस २०८०, १५ : २४
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाले न्यायपालिकामा भ्रष्टाचारका छोइछिटो रहेको भएपनि त्यसलाई सुधार गर्न सकिने बताएका छन् ।

मंगलबार न्याय परिषद् दिवस २०८०का अवसरमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले देशका धेरै संस्था र स्थानमा भ्रष्टाचार भएको हुनसक्ने भन्दै त्यसको छोइछिटो न्यायपालिकामा पनि परेको हुनसक्ने बताएका हुन् ।

‘देशका धेरै संस्था र स्थानमा भ्रष्टाचार भएको होला, त्यसको छोइछिटो न्यायपालिकामा पनि होलान् । तर त्यसलाई सुधार गर्न सकिन्छ र गर्नुपर्छ’, खतिवडाको भनाई छ । उनले नेपालको कुनै डेलिभरी दिने र दिएको कुनै संस्था छ भने त्यो न्यायपालिकामात्र भएको दाबी समेत गरे ।

‘नेपालको कुनै संस्थाले डेलिभरी दिएको छ भने त्यो न्यायपालिका हो’, न्यायाधीश खतिवडाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप