बालुवा उत्खननले हुलाकीको पुल भासिने जोखिममा
रौतहट । रौतहटको राजापुर नगरक्षेत्र अन्तर्गत फतुवा स्थित लालबकैया नदीको पुलसँग टाँसिएर बालुवा उत्खनन गर्दा पुल भासिने जोखिम बढ्दै गएको छ।
पुलको दक्षिण तर्फ बाट मात्र ५० मिटर भित्रै केही समय देखि उत्खनन गरेर अनियन्त्रित रूपमा बालुवा ढुवानी गरिरहेको कारण पुल भासिने जोखिम बढेको हो।
जिल्ला समन्वय समिति रौतहटका पूर्व उपसभापति रामबशिष्ठ यादवले कुनै पनि नदीको पुलको कम्तीमा आठ सय मिटर टाढा मात्र उत्खनन गरेर नदीजन्य पदार्थ निकाल्न सकिने बताएका छन्।
मापदण्ड भन्दा नजिकमा उत्खनन गरेर नदीजन्य पदार्थ निकालेर खाडल बनाएमा नजिकमा रहेको पुल कुनै बेला भासिन सक्ने र ठुलो दुर्घटना हुनसक्ने पूर्व उपसभापति यादवले चेतावनी दिएका छन्।
फतुवा स्थित लालबकैया नदीको उक्त पुल छेउबाट अनियन्त्रित रूपमा उत्खनन गरी बालुवा निकालेर ठुलो ठुलो खाडल बनाउँदा रोक्ने अथवा नियन्त्रण गर्ने कुनै निकायले हालसम्म चासो लिएको देखिएको छैन।
सङ्घीयता पछि सरकारी सम्पत्ति अथवा कुनै पनि भौतिक संरचनाको रेखदेख गर्नुपर्ने जिम्मा स्थानीय तहले लिनुपर्दछ। तर करोडौं पुल भासिने जोखिम बढिरहँदा त्यसको संरक्षण गर्न हालसम्म राजापुर नगरपालिकाले चासो देखाएका छैनन् भने पुलसँगै रहेको सशस्त्र बेस क्याम्प फतुवाको पनि ध्यान जान सकेको छैन।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने उक्त पुलको संरक्षण गर्न हुलाकी राजमार्ग निर्माणको जिम्मा लिएका इन्जिनियर लगायतको समेत ध्यान गएको देखिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण