क्यानडामा विदेशी विद्यार्थीलाई राहत, हप्तामा २० घण्टा मात्रै काम गर्न पाउने नियम हट्यो
ओट्टावा । क्यानडामा रहेका विदेशी विद्यार्थीहरूका लागि तोकिएको काम गर्न पाउने समय सीमा हटेको छ । त्यहाँको सङ्घीय सरकारले चालु शैक्षिक सत्रको अन्त्यसम्म लागू हुनेगरी हाल प्रति हप्ता २० घण्टाभन्दा धेरै काम गर्न नपाउने नियम अस्थायी रूपमा हटाएको हो ।
सरकारले साप्ताहिक रूपमा काम गर्ने समयमा लगाएको सीमा डिसेम्बर ३१ मा सकिँदैंछ । सन् २०२२ को नोभेम्बरमा परीक्षण परियोजनाको रूपमा यो नीति लागू भएको थियो । श्रम बजारमा कर्मचारी अभाव चुलिँदै गएपछि सरकारले यस्तो कदम चालेको हो ।
क्यानडाका अध्यागमन, शरणार्थी तथा नागरिकता मन्त्री मार्क मिलरले नयाँ नीति सन् २०२४ को अप्रिल ३० सम्म लागू हुने बताएका छन् । सङ्घीय सरकारले विदेशी विद्यार्थीका लागि अन्य नीतिगत विकल्पहरू समेत हेरिरहेको बताइएको छ । यसमा क्याम्पस छुट्टी हुँदा हप्तामा ३० घण्टासम्म काम गर्न पाउनेलगायत उपायहरू छन् ।
विद्यार्थीले हप्तामा ४० घण्टा काम गर्नुलाई भने समर्थन गर्न नसकिने मन्त्री मिलरको भनाई थियो । काम गर्ने समयमा लगाएको सीमालाई अस्थायी रूपमा हटाउने निर्णयलाई स्थायी बनाउन क्यानडाको विद्यार्थी सङ्गठनहरूको गठबन्धनले सरकारसँग अनुरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण