सफाइकर्मी कांग्रेसको प्रदेश सम्मेलनमा, कटहरिया बजारभरि फोहोर (तस्बिरहरु)
रौतहट । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन जनकपुरमा हुँदैछ । कांग्रेसको प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो ।
जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा सहभागी हुन रौतहटको कटहरियाका सफाइकर्मीहरु जनकपुर गएपछि बजारभरि नै फोहर थुप्रिएको छ ।
सफाइकर्मीलाई कांग्रेस कार्यकर्ताहरूले जनकपुर लगेपछि बजारमा फोहर थुप्रिएको स्थानीय कपडा व्यापारी तथा एमालेका मेयर प्रत्याशी योगेन्द्र साहको भनाइ छ । कटहरिया बजारको मूल सडकको दर्जनभन्दा बढी स्थानमा अहिले फोहर थुप्रिएको साहले जानकारी दिए ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादव कांग्रेसका हुन् ।
जनकपुरमा हुने कार्यक्रममा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण