बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सफाइकर्मी कांग्रेसको प्रदेश सम्मेलनमा, कटहरिया बजारभरि फोहोर (तस्बिरहरु)

बिहीबार, ०५ पुस २०८०, ११ : ५६
बिहीबार, ०५ पुस २०८०

रौतहट । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन जनकपुरमा हुँदैछ । कांग्रेसको प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो ।

जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा सहभागी हुन रौतहटको कटहरियाका सफाइकर्मीहरु जनकपुर गएपछि बजारभरि नै फोहर थुप्रिएको छ ।

सफाइकर्मीलाई कांग्रेस कार्यकर्ताहरूले जनकपुर लगेपछि बजारमा फोहर थुप्रिएको स्थानीय कपडा व्यापारी तथा एमालेका मेयर प्रत्याशी योगेन्द्र साहको भनाइ छ । कटहरिया बजारको मूल सडकको दर्जनभन्दा बढी स्थानमा अहिले फोहर थुप्रिएको साहले जानकारी दिए ।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादव कांग्रेसका हुन् ।

जनकपुरमा हुने कार्यक्रममा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । 

PXL_20231221_045432306

PXL_20231221_045421681

PXL_20231221_045359029

PXL_20231221_045309584FB_IMG_1703132999594FB_IMG_1703132980717

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप