१६ औँ योजनाको तयारी : के–के आए प्रदेश र स्थानीय तहबाट सुझाव ?
काठमाडौँ । १६ औँ योजनाको तयारीमा रहेको राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहमा चलाइएको छलफलका क्रममा विभिन्न सुझाव प्राप्त भएको जनाएको छ । योजनाको मस्यौदामा छलफल चलाउँदा प्रदेश तहबाट विभिन्न सुझाव प्राप्त भएको आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार प्रदेशलाई सङ्घीयता कार्यान्वयनको केन्द्रविन्दुमा राखिनु पर्ने, तीन तहबिचको अन्तरसम्बन्धलाई थप मजबुत तुल्याउनुपर्ने, विगतमा पछाडि परेको वा पारिएको भूगोल समेटेर बनेका प्रदेशलाई सङ्घ सरकारले वित्तीय स्रोतको विनियोजन तथा आयोजना छनौट र कार्यान्वयनमा क्षतिपूर्ति स्वरुप अतिरिक्त प्राथमिकता दिनुपर्ने सुझाव छलफलका क्रममा आएको छ ।
यस्तै राष्ट्रिय रणनीतिक महत्व र गौरवका आयोजना बाहेक भौतिक पूर्वाधार निर्माण तथा विकाससँग सम्बन्धित आयोजना प्रदेश तहबाट कार्यान्वयन हुनुपर्ने सुझाव पनि प्राप्त भएका छन् । यस्तै स्थानीय तहबाट प्राप्त सुझावमा स्थानीय तहलाई आर्थिक, प्रशासनिक एवम् प्राविधिक रुपमा सक्षम बनाउनु पर्ने र त्यसका लागि राष्ट्रिय विकास योजनाले स्थानीय तहको सशक्तीकरणमा जोड दिनुपर्ने सुझाव आएको छ ।
यस्तै विकास आयोजनाको वर्गीकरण गरी स्थानीय तहका आयोजनाको छनौट र कार्यान्वयनमा सङ्घ तथा प्रदेश सरकार अलग रहनुपर्ने सुझाव आएको श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण