कार्यक्रम लिएर बेलायत उडे महजोडी
बिहीबार, ०५ पुस २०८०, १६ : ०७

काठमाडौँ । वरिष्ठ हास्य जोडी ‘मह’ अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत उडेका छन् । बेलायतको विभिन्न स्थानमा ‘महजोडी युके टुर’ कार्यक्रम प्रदर्शन गर्न उनीहरू बिहीबार बेलायत उडेका हुन् ।
बेलायत उडेको तस्बिरसहित कलाकार मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘छोरा यमन श्रेष्ठ, छोरी सराना श्रेष्ठका साथ हरि र रमिलासहित लण्डन कार्यक्रममा प्रस्तुत गर्ने सिलसिलामा उड्दै गर्दा ।’
द गोर्खा सेन्टरको आयोजना रहेको कार्यक्रम शनिवार हयारो र २४ डिसेम्बरमा अल्डरसटमा हुनेछ । कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’ विजेता करण राई, कलाकार शर्मिला बर्देवा, यमन श्रेष्ठ र प्रकाश सपुत पनि सहभागी हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, प्रतिक्षा पहिलो पटक टिममा
-
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने
-
रेखाले युट्युबमा सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ