आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शल्यक्रिया गरिरहँदा डाक्टरले बिरामीलाई मुक्का हानेपछि...

शुक्रबार, ०६ पुस २०८०, १६ : ११
शुक्रबार, ०६ पुस २०८०

पेचिङ । चिनियाँ अधिकारीहरुले अहिले एउटा अस्पतालमाथि छानबिन गरिरहेका छन् । शल्यक्रिया गरिरहेको बेलामा एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेको घटनालाई लिएर अस्पताल अनुसन्धानको दायरामा आएको थियो । 

यो भिडियो क्लिप यही हप्ता सामाजिक सञ्जालमा आगो झैं फैलिएको थियो । यस भिडियोप्रति अनलाइनमा व्यापक आक्रोश देखियो ।

अस्पतालको माउ समूह एइअर चाइनाले ती सर्जनलाई निलम्बित गरिदिएको छ । अस्पतालको प्रमुख कार्यकारी अधिकारी (सीईओ)लाई पनि बर्खास्त गरेको छ । यो घटना सन् २०१९ को भएको बताइएको छ । आँखाको अपरेशन गर्दा सर्जनले बिरामीको टाउकोमा कम्तीमा तीन पटक मुक्का हानेको भिडियोमा देखिन्छ । एइअर चाइना आँखा अस्पतालको चेन सञ्चालन गर्छ । यो घटना दक्षिणपश्चिम चिनियाँ शहर कुईकाङको एउटा अस्पतालको हो । बिरामी ८२ वर्षीय महिला थिइन् ।

लोकल एनेस्थेसियाका कारण शल्यक्रिया भइरहँदा बिरामी चलिरहिन् । उनले आफ्नो टाउको चलमलाइन् अनि आँखा पनि धेरै पटक डुलाइन् । बिरामीलाई स्थानीय भाषा मात्रै बोल्न आउँथ्यो । डाक्टरले मन्दारिनमा दिएको चेतावनी उनले बुझिनन् । यस घटनामा बिरामीको निधारमा चोट लागेको स्थानीय अधिकारीहरुले बताएका छन् । यो घटनापछि अस्पताल व्यवस्थापनले माफी माग्दै पीडितलाई ५०० येन क्षतिपूर्ति दिएको बताइएको छ । अहिले ती वृद्धाले बायाँ आँखाले केही पनि देख्दैन ।

उनको आँखा सोही घटनाका कारण अन्धो भएको हो कि होइन भन्ने चाँहि स्पष्ट छैन । यो घटनाबारे आफूले मुख्यालयमा जानकारी दिन नसकेको एइएर चाइनाले भनेको छ । बिहीबार कम्पनीले यो घटना घटेको अस्पतालका सीईओलाई बर्खास्त गरेर सर्जनलाई निलम्बित गरेको छ ।  ती डाक्टर अस्पतालको डिन समेत भएको बताइएको छ । घटना सन् २०१९ को डिसेम्बरको भएपनि यो हप्ता चीनका चर्चित डाक्टर एई फेनले सर्जरीको सीसीटीभी फुटेज शेयर गरेपछि भिडियो भाइरल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप