शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधको राजनीतिले मुलुक अघि बढ्दैन : महासचिव गुरुङ

शुक्रबार, ०६ पुस २०८०, २१ : १४
शुक्रबार, ०६ पुस २०८०

लमजुङ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन् । बेँसीसहर नगरपालिका–५ नाल्मास्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पुस ३ गतेदेखि सञ्चालित हीरक जयन्ती तथा प्रथम नाल्मा महोत्सवको समापन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताए । गुरुङले सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको बताए । शिक्षा नै देश विकासको आधार रहेको बताउँदै महासचिव गुरुङले भने, “शिक्षाको विकासका लागि नाल्मावासीले गरेको पहल, प्रयास धेरै प्रशंसनीय रहेको छ ।”

गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली कांग्रेस लमजुङका निवर्तमान अध्यक्ष भेषबहादुर पौडेलले नाल्मावासीको विकासका लागि सधैँ आफू साथमा रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप