निषेधको राजनीतिले मुलुक अघि बढ्दैन : महासचिव गुरुङ
शुक्रबार, ०६ पुस २०८०, २१ : १४
लमजुङ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन् । बेँसीसहर नगरपालिका–५ नाल्मास्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पुस ३ गतेदेखि सञ्चालित हीरक जयन्ती तथा प्रथम नाल्मा महोत्सवको समापन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताए । गुरुङले सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको बताए । शिक्षा नै देश विकासको आधार रहेको बताउँदै महासचिव गुरुङले भने, “शिक्षाको विकासका लागि नाल्मावासीले गरेको पहल, प्रयास धेरै प्रशंसनीय रहेको छ ।”
गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली कांग्रेस लमजुङका निवर्तमान अध्यक्ष भेषबहादुर पौडेलले नाल्मावासीको विकासका लागि सधैँ आफू साथमा रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण