कर्णाली करिडोर समृद्धिको मेरुदण्ड : मन्त्री ज्वाला
बाजुरा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक विकास एवं समृद्धिको मेरुदण्ड भएको बताएका छन् ।
खुलालु सल्लीसल्ला सडक आयोजना कार्यालयको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णालीका हुम्ला, कालीकोट र मुगुलाई बाजुरासम्म छिटो जोड्ने गरी पुल निर्माणका लागि ठेक्का भइसकेको बताए ।
सडक आयोजनाले सडक र पुल निर्माण व्यवस्थित हुँदै गएको बताउँदै मन्त्री ज्वालाले ठेक्का लागेका पुल निर्माण कार्य तीव्रगतिमा अगाडि बढेको बताए । उनले कर्णाली करिडोरलाई चीनको हिल्सासम्म जोड्ने कार्य प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए ।
मन्त्री ज्वालाले भने, “कर्णाली करिडोर सडक निर्माणमा सहकार्य, हातेमालो गरेर अघि बढ्नुको विकल्प छैन ।” सडक निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहले हातेमालो र सहकार्य गरेमा सहजरूपमा यातायात सञ्चालन हुने उनले बताए ।
दीर्घकालीनरूपमा नेपाल र भारत जमुनाहा सिमानादेखि चीन र नेपालको सिमाना हिल्सासम्म सडक जोड्ने गरी कर्णाली करिडोरको योजना अघि आएको मन्त्री ज्वालाले दाबी गरे ।
“प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम्रणका बेला चीनको हिल्साबाट कर्णालीको प्रदेशको सिमीकोटसम्म चीन सरकारको अनुदानमा निर्माण गर्ने र सिमीकोटबाट सुर्खेतसम्म नेपाल सरकारले फास्टट्रयाक निर्माण गर्ने दीर्घकालीन कार्यक्रम रहेको छ”, उनले भने ।
उक्त सडक निर्माणका लागि रु ५७ अर्ब बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण