आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री महत

शनिबार, ०७ पुस २०८०, १३ : ५७
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल प्लेटफर्मले सबैलाई सम्मान अवसर दिएको बताएका छन् । सिआइएन यूथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा.महतले डिजिटल प्लेटफर्मले व्यवसायसहित सबै क्षेत्रमा अवसर सृजना गरेको बताएका हुन् ।

अर्थमन्त्री डा.महतले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै पहुँच पुर्याउन सक्ने बताए । उनका अनुसार डिजिटल प्लेटफर्मले न्यून खर्चमा आम्दानी बढाउन सक्ने अवसर समेत सृजना भइरहेको छ । 

‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरू सहज महसुस गर्छन् । त्यसैले सरकारले आइटी नीति बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगिएको छ’ मन्त्री डा.महतले भने, ‘५० प्रतिशतभन्दा थोरै हामीले कर लगाउने व्यवस्था गरेका छौँ ।’ फड्को मारिरहेको व्यवसायले र नेपाल बाहिर पनि सुरुवात गर्न चाहनेलाई समेत सरकारले प्रोत्साहनको नीति लिएको डा.महतले बताए ।

राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा.महतले बताए । मन्त्री महतका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आइटी नीति अझ सहज हुने जानकारी दिनुहुँदै मन्त्री डा.महतले भने, ‘नेपाली युवाहरूलाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ ।’

‘झन्डै ४० प्रतिशत युवा यो क्षेत्रसँग जोडिएको कार्यक्रममा बताइयो । १२ कक्षापछि विदेश जाने चलन छ, तिनीहरूलाई रोक्नुपर्छ । हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ,’ डा. महत भन्छन्, ‘तर त्यो सबैका लागि हुँदैन’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप