डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल प्लेटफर्मले सबैलाई सम्मान अवसर दिएको बताएका छन् । सिआइएन यूथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा.महतले डिजिटल प्लेटफर्मले व्यवसायसहित सबै क्षेत्रमा अवसर सृजना गरेको बताएका हुन् ।
अर्थमन्त्री डा.महतले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै पहुँच पुर्याउन सक्ने बताए । उनका अनुसार डिजिटल प्लेटफर्मले न्यून खर्चमा आम्दानी बढाउन सक्ने अवसर समेत सृजना भइरहेको छ ।
‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरू सहज महसुस गर्छन् । त्यसैले सरकारले आइटी नीति बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगिएको छ’ मन्त्री डा.महतले भने, ‘५० प्रतिशतभन्दा थोरै हामीले कर लगाउने व्यवस्था गरेका छौँ ।’ फड्को मारिरहेको व्यवसायले र नेपाल बाहिर पनि सुरुवात गर्न चाहनेलाई समेत सरकारले प्रोत्साहनको नीति लिएको डा.महतले बताए ।
राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा.महतले बताए । मन्त्री महतका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आइटी नीति अझ सहज हुने जानकारी दिनुहुँदै मन्त्री डा.महतले भने, ‘नेपाली युवाहरूलाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ ।’
‘झन्डै ४० प्रतिशत युवा यो क्षेत्रसँग जोडिएको कार्यक्रममा बताइयो । १२ कक्षापछि विदेश जाने चलन छ, तिनीहरूलाई रोक्नुपर्छ । हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ,’ डा. महत भन्छन्, ‘तर त्यो सबैका लागि हुँदैन’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण