ताइवानको राष्ट्रपति चुनावअघि चीनद्वारा सैन्य शक्ति प्रदर्शन
शनिबार, ०७ पुस २०८०, १९ : ४९
ताइवान । ताइवानले चीनले आफ्नो क्षेत्रमा लडाकु विमान र नौसैनिक जहाज पठाएको जनाएको छ। ताइवानमा राष्ट्रपतीय निर्वाचन हुन तीन साता बाँकी रहेका बेला चीनले यस्तो कदम चालेको हो ।
चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ र विगतमा ताइवानको चुनावअघि धेरै पटक आफ्नो सैन्य क्षमता प्रदर्शन गरिसकेको छ। यसैबिच, चीनले शुक्रबार ताइवानबाट ग्रूपर माछा (माछाको एक जात) निर्यातमा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
कतिपय विश्लेषकहरूले ताइवानलाई लिएर चीनले एकैसाथ कठोरता र कोमलताको नीति देखाएको विश्वास गर्छन्। ताइवानको राष्ट्रपतीय चुनावमा उम्मेदवारहरू चीनसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा भिन्न छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण