स्पेनिस ला लिगा फुटबल : एथ्लेटिको मड्रिड विजयी
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा सभेल्लिालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै एथ्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनालाई पछि पारेको हो । एथ्लेटिको मड्रिड र बार्सिलोनाको समान ३८ अङ्क भए पनि गोल अन्तरमा तेस्रो स्थानमा रहन पुग्यो । रियल मड्रिड र जिरोना समान ४५ अङ्कका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्ला भने १६ अङ्कसहित १५ औँ स्थानमा छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो । मार्कस लोरेन्टले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अङ्क लिन सफल भयो । एथ्लेटिको मड्रिड ७० औँ मिनेटमा १० खेलाडीमा झरेको थियो ।
कागलर सोयोन्सु वैकल्पिक खेलाडीको रूपमा ६६ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । तर ४ मिनेट पछि नै खराब ट्याकल गरेका कारण भीआरको सहयोगमा रातो कार्ड दिइएको थियो ।
१० खेलाडीमा रहेको एथ्लेटिको मड्रिडविरुद्ध सेभिल्लाले कुनै पनि दबाब भने बनाउन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण