संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउन शीर्ष नेताको जोड, सोमबार पुनः छलफल
काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबिच संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सहमतिमै अघि बढाउनेबारे छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउने विषयमा छलफल भएको बालुवाटार बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
‘संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा नेताहरुबिच छलफल भयो । सामान्यतया यो विषयलाई चाँडो टुंगोमा पुर्याउ भन्नेमा नेताहरुले भनाइ राख्नुभयो’, नेता लेखकले रातोपाटीसँग भने, ‘सोमबार बेलुका चार बजे पुन: अर्को बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।’
उनका अनुसार नेताहरुबिच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउनुपर्नेमा नेताहरुको जोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण