अदालत
उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु
आइतबार, ०८ पुस २०८०, ११ : ४६

काठमाडौँ । देशभरका उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु भएको छ । आइतबारदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको हो ।
उच्च अदालत पाटनको सभाहलमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गरेका छन् । यसअघि उच्च अदालतमा म्यानुअल रूपमा पेशी तारेख दिने गरिएको थियो ।
स्वचालित पेशी तारेख सुरु भएपछि एसएमएसमार्फत जानकारी समेत उपलब्ध हुने जनाइएको छ । मुद्दा दर्ताको मिति, मुद्दाको मार्ग र अदालतमा रहेका मुद्दा सङ्ख्या तथा न्यायाधीशको उपलब्धताका आधारमा स्वचालित रूपमा तारेख उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति
-
ग्वार्को चोकमा बनेको ‘ओभरपास’ उद्घाटन
-
शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल ?