सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी नदी किनारका स्ट्रिट फुड व्यवसायीलाई स्वच्छता सम्बन्धी तालिम

आइतबार, ०८ पुस २०८०, १४ : १४
आइतबार, ०८ पुस २०८०

चितवन। नारायणी नदी किनारमा स्ट्रिट फुड व्यवसायीलाई खाना स्वच्छता सम्बन्धी तालिम दिइएको छ । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वनविज्ञान विश्वविद्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँको सहकार्यमा आइतबार दियालो फुड ल्यान्डमा तालिम दिइएको हो । 

स्ट्रिट फुडहरू पस्कने, तयार पार्ने तयारीलाई अभिवृद्धि गर्न प्रयोगात्मक, सैद्धान्तिक ज्ञान व्यवसायीलाई दिइने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अधिकृत मोहन कृष्ण महर्जनले जानकारी दिए। सडक क्षेत्रमा मानिसको ओहरदोहरका क्रममा खानामा सङ्क्रमण हुने भएकाले आधुनिक विधि अपनाउन व्यवसायीलाई प्रोत्साहन गरिएको अधिकृत महर्जनले बताए ।

कच्चा पदार्थ किन्नेदेखि ग्राहकलाई पस्कनेसम्म हानिकारक तत्त्वहरू खानेकुरामा आउने भएकाले यसलाई कसरी व्यवस्थापन गर्नेबारे विशेष गरी तालिममा सिकाइने छ । सफा पानीको प्रयोग, कसरी भण्डार गर्ने, झिँगाबाट कसरी जोगाउने, तापक्रम व्यवस्थापन, दैनिक सरसफाइलाई मुख्य विषयवस्तुमा अन्तरक्रिया गरिने पनि जानकारी दिए ।

 वरिष्ठ खाद्य अधिकृत महर्जनका अनुसार खाना तयार गर्न आधारभूत कुरा मात्र अपनाउन सकियो भने स्वच्छ खानेकुरा आम उपभोक्तालाई पस्किन सकिन्छ । एक दिनसम्म चल्ने तालिममा नारायणी किनारमा आधिकारिक रूपमा दर्ता भई सञ्चालन आएका ५० जना स्ट्रिट फुड व्यवसायीलाई तालिम दिइएको हो ।

नारायणी नदी किनार रिभर बिचका रूपमा विकास भइरहेकाले यहाँ स्ट्रिट फुड व्यवसायीको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप