बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षकको तलब कर्मचारीको भन्दा बढी हुनुपर्छ : सांसद पौडेल

आइतबार, ०८ पुस २०८०, २० : ०४
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले निजामती कर्मचारीहरुको भन्दा शिक्षकको तलब एक रुपैयाँले भएपनि बढी हुनुपर्ने बताएका छन् ।  

आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद पौडेलले निजामती कर्मचारीहरुको भन्दा शिक्षकको तलब बढी हुनुपर्ने बताएका हुन् । उनले शिक्षकहरुको तलब एक रुपैयाँले भएपनि कर्मचारीहरुको भन्दा बढी हुनुपर्ने धारणा राखे । 

सांसद पौडेलले विद्यालय बनाउने जिम्मेवारी शिक्षकको भएको भन्दै शिक्षक खुसी भएर विद्यालय नगएसम्म र राम्रो सेवा सुविधा नपाएसम्म शिक्षकहरुले संगठनात्मक गतिविधि गरिरहने बताए । त्यसो हुँदा शिक्षण सिकाइमा स्तरियता पनि नहुने उनको भनाई छ । उनले हाल शिक्षकहरुमा देखिएको सबै प्रकारको समस्यालाई एकमुस्ट रुपमा सम्बोधन गर्नुपर्ने बताए ।

सांसद पौडेलले कार्यालय सहयोगी, लेखापाल र इसिडी शिक्षकको समस्या पनि विद्यालय शिक्षा ऐनले समाधान गर्नेगरी आउनुपर्ने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप