समाचार
मध्यरातमा पोखरामा ठड्याइयो वीरेन्द्रको सालिक
सोमबार, ०९ पुस २०८०, १२ : १४

पोखरा । पोखराको वीरेन्द्र चोकमा मध्यराति स्व.राजा वीरेन्द्रको सालिक ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो ।
करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।
त्यतिबलै सालिक पुनःस्थानपनाको लागि समिति गठन भएको थियो । तर समितिले काम गर्न सकेको थिएन । ‘समिति धेरै पटक पुनर्गठन भयो । अहिले मात्र सम्भव भयो,’ उनले भने । अहिले ८ फिट अग्लो सालिक ठड्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा