श्रीलङ्काले विदेशमा रहेका अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने
मङ्गलबार, १० पुस २०८०, २० : १६
कोलम्बो । श्रीलङ्काले विदेशमा कार्यरत ३० श्रीलङ्काली अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने भएको छ ।
श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले मङ्गलबार देशले बाहिरबाट ३० जना श्रीलङ्काली आपराधिक व्यक्तिहरूलाई गिरफ्तार गरी स्वदेश फिर्ता गर्न अभियान सुरु गरेको बताए ।
यी अपराधीमध्ये २९ जना दुबई, संयुक्त अरब इमिरेट्स (युएई) र एक जना फ्रान्समा रहेको मन्त्रीले पत्रकारहरूलाई जनाकारी गराए ।
श्रीलङ्का सरकारले यी अपराधीहरूलाई पक्राउ गर्न ’रेड नोटिस’ प्राप्त गरेको र हाल युएई र फ्रान्ससँग छलफल गरिरहेको उनले बताए ।
मन्त्रीका अनुसार अपराधीहरूले विगत केही दशकअघि श्रीलङ्का छोडेका थिए । श्रीलङ्बामा रहँदा पनि उनीहरू सङ्गठित अपराधमा संलग्न रहेको अनुसन्धानले देखाएको छ ।-(रासस–सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण