विगतका सरकारभन्दा वर्तमान सरकारको एक वर्ष सफल : मीन विश्वकर्मा
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागप्रमुख मीन विश्वकर्माले गठबन्धन सरकारको एक वर्षको कार्यकाल विगतको तुलनामा सफल रहेको बताएका छन् । आज रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवादमा उनले संविधान कार्यान्वयन, सुशासन प्रवद्र्धन, परराष्ट्र सम्बन्ध विस्तार गर्न वर्तमान सरकार विगतको दुई तिहाइ नजिकको नेकपाको सरकारभन्दा सफल भएको बताए ।
नागरिकता विधेयक कार्यान्वयनमा आउनु, विभिन्न ऐन, संसद्मा पेस भएर पारित हुने चरणमा पुग्नु वर्तमान सरकारको उपलब्धि भएको विश्वकर्माले बताए । कांग्रेस नेता विश्वकर्माले भने, “भ्रष्टाचारका सबै फाइल खोल्छु भनेर गृहमन्त्रीले भन्नुभएको छ तर जनताले दबाब दिएका फाइल खुलेका छैनन्, अर्थतन्त्रमा अपेक्षितरुपमा सुधार हुन सकेको छैन, अब कडाइका साथ त्यता लाग्नुपर्छ ।”
विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई लुम्बिनी प्रदेशको उद्योगमन्त्री बनाउनु पार्टीको दोष नभएको भन्दै उनले निर्वाचित जनप्रतिनिधि मन्त्री बन्नु सामान्य विषय भएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण