शतकपछि केएल राहुलले भने– ‘३–४ महिनाअघि सबैजना मलाई गाली गरिरहेका थिए’
सेन्चुरियन । दक्षिण अफ्रिकाको सेन्चुरियनमा लगातार दोस्रो शतक प्रहार गर्ने भारतीय ब्याट्सम्यान केएल राहुलले सामाजिक सञ्जालमा आफूमाथि हुने ट्रोल र आलोचनाको विषयमा कुराकानी गरेका छन् ।
टेस्ट म्याचको दोस्रो दिनको खेल सकिएपछि मिडियाले केएल राहुललाई उनको फर्मलाई लिएर विगतमा भएको आलोचनाबारे प्रश्न सोधेको थियो। यसको जवाफमा केएलले भने, ‘मानिसका रूपमा, क्रिकेटरका रूपमा तपाईंलाई हरेक दिन, हरेक पल चुनौती दिइन्छ । सामाजिक सञ्जाल मार्फत दबाब सिर्जना गरिन्छ।’
‘आज मैले शतक बनाएका कारण मानिसहरूले मेरो प्रशंसा गरिरहेका छन्। तीनचार महिनाअघि सबैले मलाई गाली गरिरहेका थिए । यो खेलको हिस्सा हो, तर म भन्न सक्दिनँ कि यसले तपाईंलाई असर गर्दैन। यसले पक्कै असर असर गर्छ,’ उनले भने, ‘जति चाँडो तपाईं यी सबैबाट टाढा जानुहुन्छ, यो तपाईंको खेल र सोचको लागि राम्रो हुन्छ।’
उनले थपे, ‘हरेक व्यक्तिले आफ्नो बाटो खोज्नुपर्छ। र मेरो लागि, जब म घाइते भएँ र लामो समयसम्म खेलबाट टाढा थिएँ, मैले आफैँमा काम गरेँ। मैले यी चीजहरूको कारणले आफूलाई परिवर्तन नगर्ने सक्दो प्रयास गरेँ।’
केएल राहुल यस वर्षको सुरुमा अस्ट्रेलिया विरुद्धको बोर्डर(गावस्कर ट्रफीका क्रममा बिचबाटै बाहिरिएका थिए। उनी आईपीएलको समयमा पनि घाइते भए र त्यसपछि धेरै महिना क्रिकेट खेल्न सकेनन्।
उनी विश्व टेस्ट च्याम्पियनसिप टोलीमा पनि परेनन्। केएल राहुलले अब टेस्ट ढाँचामा पुनरागमन गरेका छन्, र लगत्तै शानदार शतक पनि बनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण