आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघ्यो

बिहीबार, १२ पुस २०८०, १३ : ०६
बिहीबार, १२ पुस २०८०

एजेन्सी । गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले पत्रकार सम्मेलनमा गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय १० जनाको मृत्यु र ५५ हजार २ सय ४३ घाइते भएको जानकारी दिए । 

उनले पछिल्लो २४ घण्टामा इजरायली हमलाका कारण १९५ जनाको ज्यान गएको र ३२५ जना घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए । यसैबिच प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले बुधवार गाजापट्टीमा इजरायलको निरन्तर सैन्य कारबाहीका कारण नयाँ वर्षका सबै उत्सवहरू रद्द गर्ने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप