गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघ्यो
बिहीबार, १२ पुस २०८०, १३ : ०६
एजेन्सी । गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले पत्रकार सम्मेलनमा गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय १० जनाको मृत्यु र ५५ हजार २ सय ४३ घाइते भएको जानकारी दिए ।
उनले पछिल्लो २४ घण्टामा इजरायली हमलाका कारण १९५ जनाको ज्यान गएको र ३२५ जना घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए । यसैबिच प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले बुधवार गाजापट्टीमा इजरायलको निरन्तर सैन्य कारबाहीका कारण नयाँ वर्षका सबै उत्सवहरू रद्द गर्ने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण