नेपालगन्ज उपमहानगरमा मेट्रिक घर नम्बर प्रणाली सुरु
बुटवल । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१२ बिपी चोकमा बिपी मार्ग रोड नेम प्लेटको उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त विष्टले मेट्रिक घर नम्बर प्रणालीको सुरु गरेका हुन् ।
पहिलो चरणमा वडा नम्बर १२ का ५० घरमा नमुनाका रूपमा नम्बर प्लेट राखिने नेपालगन्ज उपमहानगरका इन्जिनियर चन्दनराज दासले बताए ।
उनले १ देखि २३ नम्बर वडाका सबै घरलाई मेट्रिक घर नम्बर प्रणाली जोड्ने लक्ष्य रहेको बताए । त्यसको लागि चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि १० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
मूल सडकको मुख्य विन्दुदेखि जति दुरी मिटरमा घर अवस्थित छ सो घरलाई त्यत्ति नै नम्बर दिइने उपमहानगरले जनाएको छ । यस्तै मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर बिजोर नम्बर राखिने छ ।
इन्जिनियर दासले मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बरलगायत सामाजिक ९आर्थिक तथ्यांक समावेश गरिएको हुन्छ ।
नेपालगन्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ । हाललाई कौसल्या मार्ग, बिपी मार्ग, इदगाहा मार्ग, प्रगति नगर मार्ग, आदर्श नगर मार्ग, कर्मशा मार्ग, शितलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड नामका रोड नेम प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख विष्टले नगरलाई डिजिटलाइज गर्ने अभियानमा लागिपरेको बताउँदै नागरिक र स्थानीय सरकारबिच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागू गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण