दुईसय किलो आखेटोपहारसहित दुई जना पक्राउ
बिहीबार, १२ पुस २०८०, २१ : ०३
किमाथाङ्का । सङ्खुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जङ्गली जनावर सालकको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । भोटखोला गाउँपालिका–२ च्याम्ताङबाट गएराति दुई सय किलो दुर्लभ सालकको आखेटोपहारसहित पक्राउ परेका भोटखोला –२ का छिरिङ र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेकालाई शुक्रबार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ । उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने उक्त कार्यालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण