लोसपाले गठन गर्यो चार वटा कार्यदल
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले विभिन्न चार वटा कार्यदल गठन गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार सङ्गठन सुदृढीकरण, विधान संशोधन, विभागहरू गठन, राजनीतिक प्रतिवेदन तयारीका लागि विभिन्न चार वटा कार्यदल गठन गरेको सो पार्टी सचिव मनिष मिश्रले बताए ।
वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाको नेतृत्वमा राजनीति कार्यदिशा सम्बन्धी प्रतिवेदन तयार गर्नका लागि १२ सदस्य कार्यदल गठन गरेको छ । त्यस्तै, सङ्गठन सुदृढीकरणका लागि प्रतिवेदन तयार गर्न पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको नेतृत्वमा १९ सदस्यीय कार्यदल गठन गरेको छ ।
अर्का वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णको नेतृत्वमा पार्टीको विधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । पार्टीको विभागहरूको सङ्ख्या तय गर्नका लागि अर्का वरिष्ठ उपाध्यक्ष प्रदीपनारायण यादवको नेतृत्वमा १६ सदस्यीय कार्यदल गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण