सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरबाट लागु औषधसहित ३ जना पक्राउ

शुक्रबार, १३ पुस २०८०, १७ : १५
शुक्रबार, १३ पुस २०८०

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ का १९ वर्षीय रोहन घिसिङ, २६ वर्षीय धनु थापाघिसिङ र वडा नम्बर १० का १९ वर्षीय देवराज रोकाया रहेका छन् ।

रोहन र धनुले वीरेन्द्रनगर नगरपालिका–१० मा कोठा भाडामा लिई बस्ने गरेका थिए  । शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर र कोठा खानतलासी गर्दा १ ग्राम ६६० मिलिग्राम लागु औषध फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण शाहीका अनुसार उनीहरू दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । यस्तै रोकायाको साथबाट दुई सय मिलिग्राम लागु औषध फेला परेको प्रहरीले बतायो । उनीमाथि पनि थप अनुसन्धान भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप