वीरेन्द्रनगरबाट लागु औषधसहित ३ जना पक्राउ
शुक्रबार, १३ पुस २०८०, १७ : १५
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ का १९ वर्षीय रोहन घिसिङ, २६ वर्षीय धनु थापाघिसिङ र वडा नम्बर १० का १९ वर्षीय देवराज रोकाया रहेका छन् ।
रोहन र धनुले वीरेन्द्रनगर नगरपालिका–१० मा कोठा भाडामा लिई बस्ने गरेका थिए । शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर र कोठा खानतलासी गर्दा १ ग्राम ६६० मिलिग्राम लागु औषध फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण शाहीका अनुसार उनीहरू दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । यस्तै रोकायाको साथबाट दुई सय मिलिग्राम लागु औषध फेला परेको प्रहरीले बतायो । उनीमाथि पनि थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण