शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागको महानिर्देशकमा डण्डुराज घिमिरे

शुक्रबार, १३ पुस २०८०, १८ : ५९
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा सह–सचिव डण्डुराज घिमिरे नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घिमिरेलाई महानिर्देशकको रूपमा पठाएको हो ।

घिमिरे मन्त्रालयको प्रवक्ता समेत हुन् । यसअघिका महानिर्देशक मदन दाहालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको सरुवा गरिएको थियो । उनको सरुवा गरेको तीन सातापछि मन्त्रालयले नयाँ महानिर्देशक पठाएको हो ।  

सेवाग्राहीको निकै नै बढी चाप हुने कार्यालय मानिने विभाग तीन साता महानिर्देशकविहीन बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप