शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
लघुकथा

श्वेत लुट

शनिबार, १४ पुस २०८०, १३ : ३९
शनिबार, १४ पुस २०८०

‘यो मोरो  सोझो  छ । गरिखाला जस्तो छैन ।’ छोरोको इमानदारीमाथि साहिँला जिम्वालले चिन्ता जाहेर गरे । 

यहाँ सीधा बन्नु पाप भयो ।  रन्जन सहर लाग्यो । जागिर भनेजस्तो  मिलेन । घर फर्कने पैसा थिएन । साथीसँग पैसा मागेर गाउँ फर्क्यो । नागरिकता बोेकेर  तुरुन्त जिल्ला गयो । महिना दिनभित्र पासपोर्ट बनायो । देशमा बस्न मन लागेन । गाउँको खेतबारी बन्धकी राखेर विदेश हानियो । 

दुई वर्ष नबित्दै बाढी तथा पहिरोले घर बगायो । खेतबारी  सकियो । देश भए पो शासक हुन्थे । जिम्मेवारी लिने अधिकारी हुन्थे । तस्करको कालो बजारमा छक्कापञ्जा र लुटभन्दा अरू भएन । पीडामा आफन्त हुने भएनन् । मरेको लासलाई झैँ सबैले छोडिदिए । बुढा बाआमाका लागि घर नबनाई भएन । दाजुभाइ पर्ने एक मित्रसँग घडेरी माग्यो । उसले मौकामा चौका मार्‍यो । दोब्बर पैसा असुल्यो । 

जब जग्गा पास गर्न उसैको कारमा जिल्ला जाँदै थियो । मित्रले प्याच्च  भन्यो, ‘यो फटाहा छ ।’

सोझोको रिस कडा हुने नै भयो । रञ्जनले भन्यो, ‘हेर मित्र, तिमीले बेइमानी गरेर बङ्गला गाडी जोड्यौ नि... खाडी देशमा भए तीन पटक घाँटी रेट्थ्यो ।  बाँकी देशमा १० भन्दा बढी वर्ष कारावास हुन्थ्यो । जसजसले बढी कमाए । के त्यो श्वेत लुट होइन र ?’

हेलम्बु–६, सिन्धुपाल्चोक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप