शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ठाउँ अभावले चिडियाखानामा क्षमताभन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता

शनिबार, १४ पुस २०८०, १४ : ५८
शनिबार, १४ पुस २०८०

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानामा क्षमताभन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको गुनासो गरेको छ ।  

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको उपलक्ष्यमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले यस्तो बताएका हुन्  । 

अध्यक्ष ओलीले जावलाखेल चिडियाखाना ६ हेक्टर जमिनमा फैलिएको र अहिले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भक्तपुरको सूर्यविनायकमा १५० हेक्टरमा बनिरहेको चिडियाखाना छिटो बनाइदिन आग्रहसमेत गरे । उनले बाघ, गैंडा लगायतका जंगली जनावरको जनसंख्या बढिरहेको, र मानव बस्ती पनि बढिरहेकाले जंगली जनावरहरुको संरक्षणस्थल अभाव हुँदै गएको बताए । जीवजन्तु संरक्षणका लागि फराकिलो ठाउँको आवश्यकता रहेको उनले बताए ।

उनले एउटा बाघका लागि मात्रै वर्षमा १५ लाख बराबरको रकम आवश्यक पर्ने भन्दै जंगली जनावरको संरक्षण र व्यवस्थापन गर्न जटिल बन्दै गइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप