शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा रात्रि भोजमा गोली चल्दा छ जनाको मृत्यु

शनिबार, १४ पुस २०८०, १५ : ०७
शनिबार, १४ पुस २०८०

मेक्सिको सिटी । मेक्सिकोको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार एक पार्टीमा बन्दुकधारीले गोली चलाएपछि भएको झडपमा छ जनाको मृत्यु भएको छ ।

सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको छ, “हत्याको प्रयास, हत्या, स्वतन्त्रता हरण र आपराधिक सम्बन्धको लागि पक्राउ पुर्जी जारी गरिएका आपराधिक समूहको नाइकेविरुद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।”

काजेमे नगरपालिकामा बिहानै भएको आक्रमणमा परी पाँच जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन् । घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ ।

सन् २००६ देखि लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख २० हजारभन्दा बढी मानिसको हत्या भइसकेको मेक्सिकोमा बन्दुकधारीहरूले सामाजिक जमघटलाई लक्षित गरेको इतिहास छ ।

गत डिसेम्बर १७ मा मध्य राज्य ग्वानाजुआटोमा मेक्सिकोका युवाहरूले भाग लिएको क्रिसमस पार्टीमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको थियो ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप