३७ वर्षपछि निबन्ध गोष्ठी
नेपाल स्रष्टा समाजले ३७ वर्षपछि काठमाडौँमा निबन्धको गोष्ठी आयोजना गरेको छ । समाजको १७औँ स्थापना दिवसको अवसर पारेर आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत पुस १५ गते निबन्ध गोष्ठी गरिएको हो ।
वि.सं. २०४३ वैशाख ३ गते सिसासले नेपाल–भारत सांस्कृतिक केन्द्रमा निबन्ध वाचनको आयोजना गरेको थियो ।
निबन्ध गोष्ठीका प्रमुख अतिथि डा. माधवप्रसाद पोखरेलले दशकौँपछिको रिक्ततापछि भएको निबन्ध गोष्ठी निबन्धप्रतिको आकर्षण बढाउने बताए ।
त्यस्तै प्राडा गोविन्दराज भट्टराईले निबन्धको तागत बढिरहेको बेलामा यो गोष्ठीको ऐतिहासिक महत्त्व रहेको बताए ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले आत्मपरक निबन्ध लेखन र निबन्धकारहरुको सङ्ख्या बढ्दै गएको भए पनि निबन्धका कुनै पनि कार्य हुन नसकेकाले गोष्ठीको आयोजना गरेको बताए ।
सो कार्यक्रममा कार्यसमितिका सदस्य मधु पाठकले स्वागत मन्तव्य दिएका थिए भने प्राडा कुमारप्रसाद कोइरालाले निबन्धगत प्रवृत्तिबारे आफ्नो धारणा राखेका थिए ।
सो गोष्ठीमा डा. माधव पोखरेल, मोमिला, भीष्म उप्रेती, मित्रलाल पंज्ञानी, डा. गीता त्रिपाठी, डा. रजनी ढकाल, ज्ञानेन्द्र विवश, कुमारी लामा, मुकुन्दराज शर्मा, टङ्क उप्रेती, ज्ञानु अधिकारी, श्रीबाबु कार्की, मोहन चापागाई, रञ्जना निरौला र श्रीओम श्रेष्ठ ‘रोदन’ निबन्ध वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण