बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सुन्दरहरैंचाको वनमा जंगली हात्ती मृत भेटियो

सोमबार, १६ पुस २०८०, ११ : ४३
सोमबार, १६ पुस २०८०

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ । केही दिनदेखि करिब ४० को संख्यामा बेलबारी र सुन्दरहरैंचा क्षेत्रमा जंगली हात्तीको बथान  चारकोसे झाडीबाट आउजाउ गरिरहेका थिए । बस्तीतर्फ हात्ती आउन थालेपछि स्थानीय त्रसित हुने गरेका थिए ।  

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० स्थित जनजागरण सामुदायिक वनमा दशदेखि १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको हो । सामुदायिक वनमा गोली लागेर मृत्यु भएको अवस्थामा भाले हात्ती फेला परेको स्थानीयको दाबी छ । तर, यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले आफूहरु घटनास्थलमा रहेको यसबारे अनुसन्धान थालिएको बताएका छन् । उनले भने, ‘घटनास्थलमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट भेटनरी चिकित्सक आइसक्नुभएको छ । पोस्टमार्टम गरेपछि मात्र गोली लागे नलागेको थाहा हुनेछ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप