बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

सोमबार, १६ पुस २०८०, १२ : ३६
सोमबार, १६ पुस २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ पुस्पलाल चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ ग्राम ८६ मिलिग्रामसहित सोही नगरपालिका-१४ पलिया बस्ने २२ वर्षीय पारस चन्द समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी बिट पुष्पलाल चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ । 

यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५ मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम १५ ट्याब्लेटसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले ती किशोरको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यता झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-९ कचुवारी बस्ने १९ वर्षीय सुनिल महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप