आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् फेरबदलमा सामान्य छलफल भएको छ, निष्कर्षमा पुगेको छैन : प्रवक्ता सापकोटा

मङ्गलबार, १७ पुस २०८०, १७ : ३७
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रियसभा सिट बाँडफाँटमा गठबन्धन दलहरूबिच सामान्य छलफल भएपनि निष्कर्षमा नपुगेको दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रिपरिषद् पुनर्गठन गरेर भएपनि प्रधानमन्त्रीले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्न चाहेको बताए । यद्यपि यस विषयमा गठबन्धन दलहरूबिच अहिले नै ठोस निष्कर्षमा नपुगेको उनले बताए ।

‘मन्त्रिपरिषद् फेरबदल गरेर भएपनि जनताको प्रत्यक्ष प्रभाव हुनेगरी काम गर्छु भनेर प्रधानमन्त्रीज्यूले नै भन्नुभएको छ । यस विषयमा गठबन्धन दलहरूबिच सामान्य छलफल भएको छ, तर निष्कर्षमा पुगेको छैन’, उनले भने ।

यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटमा गठबन्धन दलहरूबिच सामान्य छलफल भएपनि निष्कर्षमा नपुगेको उनले दाबी गरे । सबै प्रदेशबाट सिफारिस भएर आएपछि यसबारे निष्कर्षमा पुगिने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप