अहिलेको व्यवस्था असफल भयो, अब आन्दोलनको तयारी गरौँ : कमल थापा
बर्दिबास । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीय धर्म निरपेक्ष गणतन्त्रीक व्यवस्था असफल भएको भन्दै व्यवस्था परिवर्तनको लागि जनआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार महोत्तरीको बर्दिबासमा पार्टीद्वारा आयोजित मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले जनताले अहिलेको भ्रष्टतन्त्र र व्यवस्था परिवर्तन गर्न चाहेको भन्दै आन्दोलनको विकल्प नभएको बताए ।
सनातन धर्मसंस्कृती पहिचान सड्ढटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर भएको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै थापाले हिन्दु धर्ममाथिको अपमान र थिचोमिचो सहन नसकिने बताए ।
कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष राजीव पराजुलिले राप्रपा नेपालको नीति विचार उपयुक्त भएको भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैमा आग्रह गरे । प्रशिक्षणमा तराई मधेस क्षेत्रका ९ जिल्लाका १७५ जना केन्द्र, जिल्ला, नगरका प्रतिनिधिहरुको सहभागिता रहेको पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण