शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेको व्यवस्था असफल भयो, अब आन्दोलनको तयारी गरौँ : कमल थापा

मङ्गलबार, १७ पुस २०८०, १८ : ४७
मङ्गलबार, १७ पुस २०८०

बर्दिबास । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीय धर्म निरपेक्ष गणतन्त्रीक व्यवस्था असफल भएको भन्दै व्यवस्था परिवर्तनको लागि जनआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिएका छन् । 

मंगलबार महोत्तरीको बर्दिबासमा पार्टीद्वारा आयोजित मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले जनताले   अहिलेको भ्रष्टतन्त्र र व्यवस्था परिवर्तन गर्न चाहेको भन्दै आन्दोलनको विकल्प नभएको बताए । 

सनातन धर्मसंस्कृती पहिचान सड्ढटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर भएको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै थापाले हिन्दु धर्ममाथिको अपमान र थिचोमिचो सहन  नसकिने बताए ।

कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष राजीव पराजुलिले राप्रपा नेपालको नीति विचार उपयुक्त भएको भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैमा आग्रह गरे । प्रशिक्षणमा तराई मधेस क्षेत्रका ९ जिल्लाका १७५ जना केन्द्र, जिल्ला, नगरका प्रतिनिधिहरुको सहभागिता रहेको पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप