शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनिस ला लिगा : तीन खेलाडीले रेड कार्ड पाएको खेलमा रायो भालकानो विजयी

बुधबार, १८ पुस २०८०, ०८ : ३२
बुधबार, १८ पुस २०८०

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रायो भालकानो विजयी भएको छ । मंगलबार राति ८ खेलाडीमा सिमित भएको गेटाफेमाथि २–० को जित निकालेको हो ।

गेटाफको जुआन मिगुएल लतासाले दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै ४० औं मिनेटमा मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो ।पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा रायो भालकानोले अग्रता लिएको थियो । उसका सर्जियो  क्यामेलोले गोल गरेका थिए । 

पहिलो हाफमा १ गोल गरेको रायो भालकानोले दोस्रो हाफको सुरुमै गोल थपेको थियो । ४७ औं मिनेटमा सर्जियो क्यामेलोले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

५० औं मिनेटमा गेटाफेका मेसन ग्रीनवुड रातो कार्ड पाउँदै मैदान छाडेका थिए । ग्रीन वुड बाहिरिए पछि ९ खेलाडी समेटिएको गेटाफेले ७० औं मिनेटमा अर्का खेलाडी पनि गुमाउन पुग्यो । 

डेमियन सुआरेज रातो कार्ड पाउँदै मैदान छोड्दा बाँकी समय ८ खेलाडीले खेलेको थियो । तर, त्यसको फाइदा रायो भालकानोले लिन सकेन । 

जितपछि रायो भालकानो २३ अङ्कका साथ ११ औं स्थानमा छ भने पराजित भएको गेटाफे २६ अङ्कका साथ तालिकाको आठौँ  स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप