स्पेनिस ला लिगा : तीन खेलाडीले रेड कार्ड पाएको खेलमा रायो भालकानो विजयी
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रायो भालकानो विजयी भएको छ । मंगलबार राति ८ खेलाडीमा सिमित भएको गेटाफेमाथि २–० को जित निकालेको हो ।
गेटाफको जुआन मिगुएल लतासाले दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै ४० औं मिनेटमा मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो ।पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा रायो भालकानोले अग्रता लिएको थियो । उसका सर्जियो क्यामेलोले गोल गरेका थिए ।
पहिलो हाफमा १ गोल गरेको रायो भालकानोले दोस्रो हाफको सुरुमै गोल थपेको थियो । ४७ औं मिनेटमा सर्जियो क्यामेलोले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
५० औं मिनेटमा गेटाफेका मेसन ग्रीनवुड रातो कार्ड पाउँदै मैदान छाडेका थिए । ग्रीन वुड बाहिरिए पछि ९ खेलाडी समेटिएको गेटाफेले ७० औं मिनेटमा अर्का खेलाडी पनि गुमाउन पुग्यो ।
डेमियन सुआरेज रातो कार्ड पाउँदै मैदान छोड्दा बाँकी समय ८ खेलाडीले खेलेको थियो । तर, त्यसको फाइदा रायो भालकानोले लिन सकेन ।
जितपछि रायो भालकानो २३ अङ्कका साथ ११ औं स्थानमा छ भने पराजित भएको गेटाफे २६ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण