जिससको ९ सय २५ दरबन्दी स्वीकृत
बुधबार, १८ पुस २०८०, १५ : ४२
काठमाडौँ । सरकारले जिल्ला समन्वय समिति (जिसस) को ९ सय २५ दरबन्दीलाई स्वीकृत गर्दै निजामती किताब खानामा दर्ता गरेको छ । ७७ वटै जिल्लामा जिल्ला समन्वय अधिकारीदेखि सवारी चालकसम्मको दरबन्दी स्वीकृत गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिससलाई परिपत्र गर्दै दरबन्दीअनुसार काम गर्न निर्देशित गरेको छ । यसअघि २०७५ पुस ९ मा दरबन्दी सिर्जना भए पनि किताब खानाले अद्यावधिक गत भदौमा गरेको थियो ।
सामान्यका सचिव विनोदप्रकाश सिंहले अद्यावधिक गरिएको दरबन्दी स्वीकृत गरेका छन् । समितिको प्रमुखको निजी सचिवालयमा रहने राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा समितिको कुनै कर्मचारी खटाउन वा करारमा नियुक्त गर्न सकिने जनाइएको छ ।
परिपत्रमा यसरी करारमा नियुक्त गरेको कर्मचारी समिति प्रमुखको पदावधि सकिएको अवस्थामा स्वतः अवकाशमा जाने भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण