एनसेल खरिदबिक्री प्रकरण : छलफलका लागि २५ मा दुवै पक्षलाई बोलाइयो
बुधबार, १८ पुस २०८०, १७ : ५०
काठमाडौँ । उच्च अदालत पाटनले एनसेल खरिदबिक्री प्रकरणमा पुस २५ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । बुधबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले यही पुस २५ गते अन्तरिम आदेश दिनका लागि छलफलमा बोलाउन आदेश दिएको हो ।
अदालतले आक्जियाटा समूह र कम्पनी रजिस्टारको कार्यालयलाई छलफलका लागि बोलाएको छ । अदालतले २५ गतेसम्म मंसिर २१ गतेमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न भनेको छ ।
अदालतले मलेसियन कम्पनी एक्जियाटा र स्पेक्ट्रोलाइट यूकेका नाममा ईमेल गरेको प्रमाणसहित ‘द राइजिङ नेपाल’मा म्याद तामेलीको सूचना प्रकाशित गर्न आदेश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण