देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका छन् ।
बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका हुन् । उनले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भएको बताए । उनले राजनीतिक दलहरु समेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गरे ।
उनले यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद पक्ष भएको बताए । उनले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए ।
महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास सुरु भएको पनि उल्लेख गरे । उनले आफ्नो पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताए । उनले पुराना नेतृत्वसँगको प्रतिष्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिष्पर्धा गर्ने संकेत गरे ।
महामन्त्री थापाले पूर्वकर्मचारीहरुको ज्ञान र सिपलाई सरकारले उचित ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण