मस्कको आलोचना गर्ने कर्मचारीलाई स्पेस एक्सले निकाल्यो
काठमाडौँ । अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सले कर्मचारीहरूलाई कामबाट निकालिदिएको छ । कम्पनीका खर्बपति सीईओ एलन मस्कको आलोचना गरेका ८ कर्मचारीलाई कम्पनीले निकालेको हो ।
अमेरिकाको श्रम एजेन्सीमा परेको उजुरीका अनुसार कर्मचारीहरूले सन् २०२२ मा कम्पनीका कार्यकारीहरूको नाममा एउटा खुला पत्र लेखेका थिए । पत्रमा कार्यस्थल र काम गर्ने वातावरणप्रति चिन्ता व्यक्त गरिएको थियो । पत्रमा मस्कलाई विचलित र लाज लाग्दो भनिएको थियो । स्पेस एक्सले संघीय श्रम कानुन अन्तर्गत कर्मचारीहरूले राम्रो काम गर्ने वातावरणका लागि संयुक्त रूपमा आवाज उठाउन पाउने कर्मचारीहरूको अधिकारको उल्लङ्घन गरेको बताइएको छ । खुला पत्र पठाउने सबैलाई कम्पनीले जागिरबाट निकाल्नु अघि बोलाएर सोधपुछ गरेको बताइएको छ ।
स्पेस एक्समा काम गर्ने वातावरण विषाक्त भएको अनि उत्पीडन पनि सहन गरिने आरोप एक जना पीडितको वकिलको छ । यो मामिलालाई स्पेस एक्सले सल्ट्याएन भने प्रशासनिक न्यायाधीशहरुले हेर्नेछन् । यस मामिलामा कम्पनीले श्रम कानुनको उल्लङ्घन गरेको पाइएमा कर्मचारीलाई पुनःस्थापित गर्न र बेरोजगार रहेको समयको तलब समेत भुक्तानी गर्न आदेश दिन सक्नेछ । मस्कले अहिले चलाइरहेका कम्पनीहरू एक्स र टेस्लाविरुद्ध पनि राष्ट्रिय श्रम सम्बन्ध विभागमा कयौँ उजुरी परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण