शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

साउदीस्थित नेपाली राजदूतलाई गणतान्त्रिक मञ्चले बुझायो ज्ञापनपत्र

बिहीबार, १९ पुस २०८०, २१ : ५३
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले साउदीस्थित नेपाली राजदूतावास र महावाणिज्य राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ । महासचिव कुन्छा दोर्जे डिम्दोङ्गले साउदी भ्रमणको क्रममा वैदेशिक रोजगारीको क्रममा साउदीमा देखिएका समस्या, व्यवसायीहरुले भोग्दै आएको समस्या लगायतका विषयमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

रियादस्थित नेपाली राजदूतावासका राजदूत नवराज सुवेदी र जेद्दास्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत सत्रुधन पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मञ्चले अन्य एसियाली मुलुकको तुलनामा नेपालबाट कामदार मगाउने प्रकृया लामो र झन्झटिलो रहेकोले उक्त प्रकृया सहज र सरल बनाउन पहल गर्नुपर्ने, कामदार आइपुग्ने समय अवधि समेत छोटो बनाउनको लागि ठोस कदम चाल्न अनुरोध गरेको थियो ।

त्यस्तै मापत्र प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रकृया भएपनि प्राविधिक समस्याका कारण झन प्रकृया लम्बिने गरेको भन्दै उक्त समस्या समेत समाधान गर्न अनुरोध गरिएको मञ्चका महासचिव डिम्दोङ्गले बताए ।

त्यस्तै एउटै कम्पनीको कागपत्र कुनै मेनपावर कम्पनीले पेश गर्दा प्रमाणीकरण हुने र अर्को मेनपावरले पेश गर्दा उक्त मागपत्र प्रमाणीकरण नहुने समस्या देखिएको भन्दै यस्तो खालको विभेद अन्य गर्नुपर्ने समेत माग गरिएको थियो ।

111

नेपाली श्रमिकहरुले कामको क्रममा विभिन्न खालका समस्या भोग्दै आएको भन्दै श्रमिकको समस्या निराकरण गर्न दूतावासले पहल गर्नुपर्ने लगायतका माग मञ्चले राखेको छ ।

मागका विषयमा राजदूतव सुवेदीले समस्यामा परेका नेपालीहरुका विषयमा राजदूतावास निकै गम्भीर रहेको प्रतिकृया दिएका थिए । आफूहरुको पहिलो प्राथमिकता नेपाली नागरिक रहेको भन्दै कसैले नराम्रो काम गरेको खण्डमा कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

व्यवसायीहरुको मुख्य समस्या भनेका कम्पनीसँग सिधा काम नगर्ने तर, विचौलियासँग काम गर्दा समस्या देखिने गरेको राजदूत सुवेदीले बताएका थिए । साउदीमै आएर सिधै कम्पनीसँग मिलेर काम गर्दा यस्तो खालको समस्या नहुने बताएका थिए ।

त्यस्तै महावाणिज्यदूत पोखरेलले मागपत्र प्रमाणीकरण गर्ने अनलाइनमा नेपालबाटै समस्या हुने प्रमाणीकरणका विषयमा केही असहजता आइरहेको बताएका थिए ।

गत भदौंमा प्रधानमन्त्रीे बोलाएको दुई दिने बैठकमा समेत आफूहरुले यी विषय उठान गरेको र सरकार सोही आधारमा समस्या समाधानका लागि सक्रिय रहेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप