कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने
चितवन। कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ । समाजका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले बिहीबार पत्रकारसँग कुरा गर्दै चितवनको भरतपुरस्थित पर्यटकीय क्षेत्र नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटमा महोत्सवकै रुपमा पर्व मनाउने निर्णय भएको जानकारी दिए।
उत्सवमा सांस्कृतिक कार्यक्रमसहित मौलिक वेशभूषा प्रदर्शन हुने जनाइएको छ । आफ्नो मौलिक घर, पाहुनाको स्वागत सत्कारका चाल चलनलाई पनि प्रदर्शन गरेर मौलिक संस्कृतिलाई प्रवद्र्धन र प्रदर्शन गरिने अध्यक्ष कुमालले बताए ।
महोत्सवकै रुपमा मनाउन लागिएको पर्वमा प्रदर्शनी कक्षसमेत राखेर कुमाल समुदायको मौलिक संस्कृति प्रदर्शन गरिने छ । अध्यक्ष कुमालका अनुसार उनीहरुले माघे सङक्रान्ति दसैँ, तिहारभन्दा पनि ठूलो पर्वको रुपमा लिने गर्छन् । उनले भने, “अरु समुदायको पर्वलाई राज्यले सम्बोधन गरेको तर कुमाल समुदायको पर्वलाई सम्बोधन नगरेकाले प्रधानमन्त्रीलाई नै सहभागी गराएर कुमालको पनि माघे सङ्क्रान्ति छ भनेर देखाउने र राजपत्रमा सम्बोधनका लागि पहल गर्न कार्यक्रम गरिएको हो ।”
कुमाल समुदाय देशका ७० जिल्लामा एक लाख ३० हजार हाराहारीमा रहेका जनाइएको छ । थर बदल्ने कारणले कुमाल समुदाय कम भएको उनीहरु बताउँछन् । उक्त कार्यक्रममा ७० जिल्लाबाट छ हजार मानिस सहभागी हुने बताइएको छ । महोत्सवमा कुमाल समुदायको मौलिक घर, खाना, वेशभूषा, नृत्य र राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने गरी तयारी भइरहेको छ । कुमाल समुदायले संस्कृति संरक्षणका लागि पहिलोपटक उक्त कार्यक्रम गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण