पूर्वमा हात्ती आतङ्क : उच्चस्तरीय समिति बनाउने तयारी
काठमाडौँ । पूर्वमा हात्तीले आतङ्क मच्चाएपछि त्यसको समाधान उपाय खोजीका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा लैजाने तयारी गरेको हो ।
विभागका प्रमुख डा सिन्धु प्रसाद ढुङ्गानाले पूर्वमा भारतीय हात्तीको बथान आएर वर्षेनी खेतीबारी सँगै धनजनको नष्ट गरेपछि त्यसको दीर्घकालीन समस्या समाधानका लागि उच्चस्तरीय समिति बनाउन आफैँ मन्त्रालयमा प्रस्ताव लैजाने बताए ।
उनले भने,‘ हात्तीले दुई जना मारिसक्यो, अहिले तत्कालै त्यहाँ जाँदा समस्या समाधान हुँदैन । बरु के कसरी समस्या समाधान गर्न सकिन्छ भन्नेबारे हामी छलफलमै छौँ ।’ उनका अनुसार हात्तीलाई भगाउने नाममा भएका गतिविधिले हात्ती थप रिसाएर मानववस्तीमा प्रवेश गर्दै आएका हुन् ।
हात्तीलाई कसैले पनि नजिस्काए उ आफ्नो बाटो लाग्ने ढुङ्गानाले बताए । अहिले ति हात्तीहरू महोत्तरी हुँदै पर्सा लागेका छन् । ‘ वन्यजन्तु पनि जोगाउनु पर्छ, मानववस्ती सँगै उनीहरूका अन्नपात जोगाउनुपर्छ, तर सजिलो छैन,’ ढुङ्गानाले रातोपाटीसँग भने,‘ हात्ती नेपाल प्रवेशमा रोक लगाउने बारे भारतसँग कूटनीतिक पहल थाल्नुपर्ने देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण