आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीले भने–ब्याट्री क्षमताका आधारमा विद्युतीय सवारीमा कर लगाउँदा सरकार ठगियो

शुक्रबार, २० पुस २०८०, १९ : ४०
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ब्याट्री क्षमताका आधारमा विद्युतीय सवारीको करको वर्गीकरण गर्दा सरकार ठगिएको स्वीकारेका छन् । १०० किलोवाट क्षमताभन्दा कम ब्याट्री क्षमताका गाडीमा विशेष छुट दिँदा व्यवसायीहरुले ठूला र लग्जरियस् गाडीहरु पनि कम ब्याट्रीमा ल्याएर कर छलेको उनले बताए ।

उनले भने‘ठूलाठूला र लग्जरियस् गाडीहरु पनि ५०, १०० किलोवाटमा आउँदा रहेछन् । त्यी गाडीहरुमा नै ८०–९० प्रतिशतसम्मको भन्सार छुट छ । यसबाट राज्यलाई ठूलो घाटा लागि रहेको छ ।’

यद्यपि, राजस्व मात्र नहेरेर सरकारले दीर्घकालीन सोचका साथ विद्युतीय सवारीलाई प्राथमिकता दिएको उनले बताए । तर, यही मौकामा व्यवसायीहरुले भने सहुलियत लिएर कमाउने धन्दामा लागेको उनले आरोप लगाए ।

‘विद्युतीय सवारीमा पाएको छुट उपभोक्ताले पाए कि पाएनन् ! सरकारसँग छुट लिने तर उपभोक्ताले त्यसको सुविधा नपाउने हो भने के फाइदा ?’ प्रश्न गर्दै अर्थमन्त्री महतले अब विद्युतीय सवारीको कर प्रणालीमा समेत पुनर्विचार हुनसक्ने बताए । यसको अर्थ विद्युतीय सवारीमा कर वृद्धि हुन सक्नेतर्फ संकेत गर्दै अर्थमन्त्री महतले तयार रहन व्यवसायीहरुलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप