अर्थमन्त्रीले भने–ब्याट्री क्षमताका आधारमा विद्युतीय सवारीमा कर लगाउँदा सरकार ठगियो
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ब्याट्री क्षमताका आधारमा विद्युतीय सवारीको करको वर्गीकरण गर्दा सरकार ठगिएको स्वीकारेका छन् । १०० किलोवाट क्षमताभन्दा कम ब्याट्री क्षमताका गाडीमा विशेष छुट दिँदा व्यवसायीहरुले ठूला र लग्जरियस् गाडीहरु पनि कम ब्याट्रीमा ल्याएर कर छलेको उनले बताए ।
उनले भने‘ठूलाठूला र लग्जरियस् गाडीहरु पनि ५०, १०० किलोवाटमा आउँदा रहेछन् । त्यी गाडीहरुमा नै ८०–९० प्रतिशतसम्मको भन्सार छुट छ । यसबाट राज्यलाई ठूलो घाटा लागि रहेको छ ।’
यद्यपि, राजस्व मात्र नहेरेर सरकारले दीर्घकालीन सोचका साथ विद्युतीय सवारीलाई प्राथमिकता दिएको उनले बताए । तर, यही मौकामा व्यवसायीहरुले भने सहुलियत लिएर कमाउने धन्दामा लागेको उनले आरोप लगाए ।
‘विद्युतीय सवारीमा पाएको छुट उपभोक्ताले पाए कि पाएनन् ! सरकारसँग छुट लिने तर उपभोक्ताले त्यसको सुविधा नपाउने हो भने के फाइदा ?’ प्रश्न गर्दै अर्थमन्त्री महतले अब विद्युतीय सवारीको कर प्रणालीमा समेत पुनर्विचार हुनसक्ने बताए । यसको अर्थ विद्युतीय सवारीमा कर वृद्धि हुन सक्नेतर्फ संकेत गर्दै अर्थमन्त्री महतले तयार रहन व्यवसायीहरुलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण