‘गाउँ नै रमाइलो’ मा मिरुनाको इन्ट्री
काठमाडौंँ । हिमाल कडरियाको निर्माण रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग फिल्मका लागि कागजी सम्झौता भएको जानकारी दिए ।
यसअघि फिल्मका लागि नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भएका थिए । मिरुना कसको जोडीमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन । फिल्ममा बुद्धि तामाङ पनि रहनेछन् । फिल्मका अन्य केही लिड कलाकार फाइनल गर्न बाँकी रहेको निर्माता कडरियाले जानकारी दिए ।
दिनेश राउतले निर्देशन गर्ने फिल्म नयाँ वर्षको दशैंमा रिलिज हुनेछ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ । निर्माता कडरियाले यस अगाडि फिल्म ‘नाङ्गो गाउँ’ बनाएका थिए । कडियाले ‘नाङ्गो गाउँ २’ र ‘दुःखी आत्मा’ फिल्म पनि निर्माण घोषणा गरेका छन् ।
फिल्म ‘गाउँ नै रमाइलो’ लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ । ओभरसिजमा भने यो फिल्मलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण